काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही मंसिर २४ गते काठमाडौंको लैनचौरस्थित लैनचौर बैङ्क्वेटमा आफ्नो १९ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब २६ करोड ७५ लाख ९१ हजार सात सय १६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक बैंकले कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशतका दरले हुन आउने ८५ लाख ९८ हजार नौ सय २५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ४३ करोड नौ लाख ७१ हजार तीन सय दुई रुपैयाँ पुग्ने हुँदा सोहीअनुसारको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि बैंकले पारित गर्नेछ ।