काठमाडौं । दक्षिणकाली नगरपालिका–५ फार्पिङ बसपार्कबाट नक्कली नेपाली रूपैयाँसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार एक हजार दरका तीन लाखभन्दाबढी नेपाली रुपैयाँसहित सिन्धुपाल्चोक घर भएका दुई जना काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भएका ६२ वर्षीय किरण लामा र ६८ वर्षीय गोकर्ण बहादुर थापा रहेका छन् । उनीहरूको साथबाट एक हजार दरका तीन लाख ४९ हजार नक्कली रूपैयाँ बरामद भएको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।