काठमाडौं । डाबर नेपालले भूकम्पपीडितको राहतको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई डाबर नेपाल कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
‘प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोष’मा २५ लाखको चेक हस्तान्तरण गर्दै सो अवसरमा डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुप्रति दुख व्यक्त गर्नुको साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, डाबर नेपालले यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासंग ऐक्यवद भएर उभिन चाहेको जनाएको छ ।