काठमाडौँ । राष्ट्रियसभाका सांसद महेशकुमार महराको काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट केही धनमाल चोरी भएको छ । मंगलबार बिहान महरा पत्नीले घट्टेकुलोस्थित पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । प्रहरीले उक्त घटनाका बारेमा सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।