काठमाडौं, जेठ ५
किसान लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३६ लाख ७५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ३२ लाख ७५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १० करोड ६६ लाख आठ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड ८२ लाख ८४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४८ करोड ५७ लाख ८६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा पाँच करोड ३८ लाख सात हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७३ लाख ३० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव एक प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ३४ करोड ४५ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३९ रकोड ८५ लाख ९० हजार रूपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ४९ लाख २१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक दशमलव ३७ प्रतिशत रहेको थियो ।