काठमाडौं । कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उजुरी गर्न सबैलाई आह्वान गरेका छन् । उनले हल्लाको भरमा अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन आह्वान गरेका हुन् ।
शुक्रबार राजधानीमा आयोजित आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिए ।
ऋण लिएपछि तिर्ने योजना पनि बनाउनु पर्ने भन्दै उनले अर्थतन्त्रमा उतारचढाव संसारभर आउने गरेकाले यसलाइ सबै मिलेर चिर्नुपर्ने बताए । गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको पनि अधिकारीले बताए ।