काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले पुस छ गते धरानको चतरास्थित गोर्खा होटलमा आफ्नो छैटौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँमध्येबाट १५ प्रतिशतको अनुपातमा २६ करोड नौ लाख १६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले सोही सभामार्फत संस्थापत सेयरधनी समूहबाट एक जना सञ्चालनको निर्वाचन गर्ने तयारी समेत गरेको छ । संस्थाको यही मंसिर आठ गते बसेको सञ्चालक समितिको एक सय ९१ औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।