काठमाडौं, स्पेक्ट्रलाइट यूके नामक कम्पनीले एनसेलको ८० प्रतिशत सेयर ५ करोड डलर (६ अर्ब ६५ करोड रुपैयाँ) मा एनसेलको सेयर किनेको छ । उक्त कम्पनी नेपाली मूलका सिंगापुरवासी सतीशलाल आचार्यको नाममा गत सेप्टेम्बर २६ मा एक पाउन्डमा स्पेक्ट्रलाइट यूके नामक कम्पनी दर्ता गरिएको थियो ।
उक्त कम्पनीलेनै एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको हो । सेयर खरिदबिक्रीको कारोबार नेपालस्थित सरकारी कार्यालयमा नभई विदेशमै गरिएको थियो ।
एनसेलको २० प्रतिशत सेयरको स्थानीय साझेदार सतीशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठ सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ । आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेले बिक्रीमा रहेको एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको विज्ञप्तिमार्फत बताएको छ।