काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सी फुडबाट माछा–मासुलगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छुट प्रदानसम्बन्धी सम्झौता गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससँग गरेको सम्झौताबमोजिम ग्राहकले उक्त छुट पाउने बताइएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका सञ्चालक प्रिति गुरुङ खड्गीले हस्ताक्षर गरेका हुन् । ज्योति विकास बैंकका ग्राहकले सी फुडका खाद्य सामग्रीहरू खरिद गर्दा बैंकको मोबाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तररूपमा सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ ।
आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु¥याउन ज्योति विकास बैंक प्रतिबद्ध रहेको बताइएको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी एक सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।