गाजा । इजरायल र हमासबीच युद्धविराम सकिएलगत्तै इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा शनिबारसम्म दुई सय ४० जनाको मृत्यु भएकोे छ । इजरायलले हमासले गुद्धविरामका सर्तहरु पालना नगरेको भन्दै शुक्रबारदेखि आक्रमण गरेको थियो ।
गाजा पट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप छ सय ५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ । इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौँ घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै इजरायलले आक्रमणलाई तीव्र पारेको छ ।
छोटो समयका लागि भएको युद्धविरामले एक सयभन्दा बढी रिहा भएका छन् । इजरायलले अझै एक सय ४० जना हमासको बन्धकमा रहेको जनाएकोे छ ।
युद्धविरामलाई थप गर्नेबारे वार्ता जारी नै रहेका बेला हमासले युद्धविरामको सर्त पालना नगरेको र शनिबार इजरायलमा रकेट आक्रमण गरेको इजरायलले बताएको छ ।