पोखरा । सहकारीको रकम हिनामिना आरोपमा पोखराबाट सञ्चालित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकारसहित ३० जना विरुद्ध जिल्ला अदालत कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको छ । प्रहरीले आरोपीहरूको खोजी सुरु भैसकेको जनाएको छ । संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी पक्राउ परिसकेका छन् ।