मनिला । एसियाली विकास बैंक (एडीबी)ले इन्डोनेसियालाई २५ करोड अमेरिकी डलर ऋण सहयोग गरेको छ । बुधबार एडीबीले बाढी व्यवस्थापन क्षमतामा सुधार गर्नका लागि सो रकम ऋण उपलब्ध गराइएकोे जनाएको छ । यो रकम जाभा टापुको उत्तरी तटीय क्षेत्रमा बाढी जोखिमलाई कम गर्न र स्थानीय समुदायको सामाजिक आर्थिक विकासलाई सुदृढ बनाउन सहयोग गर्ने मनिलास्थित बैंकले जनाएको छ ।