काठमाडौं । सिप्रदी अटोपार्टस प्रालिले धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्ट्स वितरकहरूको भेला आयोजना गरेको छ । कम्पनीले टाटाका सामानहरू सक्कली र नक्कली छुट्याएर सक्कली मात्रै प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले भेला आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा सिप्रदी अटोपाट्र्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्ट्सको प्रयोग गर्नुको फाइदा बारे जानकारी गराएका थिए । कार्यक्रममा करिब ५० जनाको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्ट्सका वितरकलाई उपहारसहित सम्मान समेत गरिएको कम्पनीले जनाएको छ ।