काठमाडौं । सेयर बजार सम्हालिएको छ । अघिल्लो दिन झण्डै ३७ अंकले उकालो लागेको सेयर बजार परिसुचक नेप्से आज बुधबार केही सम्हालिएको छ । बजार परिसुचक आज दुई दशमलव ६० अंकले उकालो लागेर १९ सय ८८ दशमलव चार बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गनैं सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९३ अंकले उकालो लागेर तीन सय ७५ दशमलव ३० बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९२ वटा कम्पनीहरुको ८१ हजार चार सय ५१ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक उकालो लागेका छन भने होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र ट्रेडिङ समुहको सुचक ओरालो लागेका छन् ।