काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ३ बजे हुँदैछ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने छ ।

राससले जनाएनुसार बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताए ।