काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्ष पदमा रामु पौडेल चयन भएका छन् । कम्पनीको दुई सय ३० औँ सञ्चालक समितिको बैठकले पौडेललाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको कम्पनीले जानकारी दिएको छ । एक औपचारिक कार्यक्रममा उनले डेपुटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण समेत लिएका हुन ।
नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपश्चात् नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । पौडेलको नेपाल राष्ट्र बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ । क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।