काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार सर्वोच्च अदालतमा नियुक्त गरेको ६ जना न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका छन् । बिहीबार दिउँसो राष्ट्रपति पौडेलले शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
६ जना न्यायाधीश थपिएसँगै सर्वोच्चमा अब २० जना न्यायाधीश हुनेछन् । राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराएसँगै सर्वोच्च पुगेर छ जना न्यायाधीशहरुले आफ्नो कार्यभार सम्हाल्ने छन् । राष्ट्रपति पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई बुधबार नै नियुक्त गरेका थिए ।