काठमाडौं । कुमारी बैंक ’एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ । यही पुस तीन गते मंगलबार भिसा इन्टरनेसनलद्वारा आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा बैंक उक्त अवार्डबाट सम्मानित भएको बैंकले जानकारी दिएको छ ।
स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा लागेको बैंकको भनाइ छ । बैंकले हाल सबै क्षेत्रमा गरी तीन सय नौ वटा शाखा–सञ्जाल, तीन सय १४ वटा एटीएम, ६५ शाखारहित बैंकिङ इकाई तथा ४९ विस्तारित काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।