काठमाडौं । हिमालयन बैंक भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा सम्मानित भएको छ । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे एवम् भिसा स्वीकार गर्ने नेपालको एक मात्रै हिमालयन बैंक ‘एक्सिलेन्स इन पोस अक्वायरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड्स प्रिपेड २०२३’ पुरस्कारबाट सम्मानित भएको हो ।
भिसाद्वारा आयोजित कार्यक्रममा डेपुटी गर्भनर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्यलगायतको उपस्थितिमा बैंकलाई दुवै अवार्ड प्रदान गरिएको थियो । बैंकले विगतदेखि नै यो विधामा अवार्ड जित्दै आएको छ । विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्राण्डहरू आफ्नो एटीएम, पोस तथा इ–कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकाले स्वदेशी तथा विदेशी ग्राहकहरूलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आएको बैंकले जानकारी दिएको छ ।