काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ । नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको बजारमूल्य प्रतिप्याकको ६० रुपैयाँ र फेमिली प्याकको तीन सय रुपैयाँ रहेको छ । उपत्यकाभित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्रि टेस्टिङ भइरहेको कम्पनीले जनाएको छ । नेपालभरको भाटभटेनीमा भइरहेको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्रि टेस्टिङ १५ दिनसम्म चल्नेछ ।