काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले भूकम्पबाट प्रभावितलाई राहत वितरण गरेको छ । नेपालको पश्चिम क्षेत्रअन्तर्गत जाजरकोट नलगाड नगरपालिकामा यही कात्तिक १७ गते गएको विनाशकारी भूकम्पको प्रभावले यस इन्फिनिटी लघुवित्त वित्तीय संंस्था लिमिटेड शाखा कार्यालय थारमारे सल्यानमा आबद्ध समूह नं ०७६, ०७७, ०७८, ०८०, ०८१ काग्राहकको परिवारमा घर, गोठ आदिमा धनजनमा क्षति पु-याएकाले त्यस स्थानमा रहेका ५२ घरपरिवारका सदस्यलाई संस्थाले आर्थिक राहत वितरण गरेको हो ।
संस्थाका अनुसार सोमबार पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ९ को रुकुम पेउघामा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम संस्थाकी सदस्य गीता नेपालीको अध्यक्षतामा त्रिवेणी गाउँपालिका वडा नं १० का स्थानीय जनप्रतिनिधि वडाध्यक्ष सेरमन खड्काका साथै सोही गाउँपालिका वडा नं ९ नुवाकोट प्रहरी चौकीका हवल्दार तोपबहादुर खड्का र सहायक प्रहरी हवल्दार शेरबहादुर शाहीको विशेष उपस्थितिमा सम्पन्न भएको जानकारी अनुगमन अधिकृत अमृत लामिछानेले गराए ।