काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक २१ दशमलव शुन्य तीन अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सात बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २९ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ३३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको सेयर एक लाख २८ हजार तीन सय ५६ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य समुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक अेरालो लागेका छन् ।