काठमाडौं । छुट्टाछुट्टै स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंमा दुई जना र संखुवासभा, बर्दियामा एक/एक गरी चार जना मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ सिब्रुङ बस्ने ढक बहादुर तामाङकी छोरी १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । गत बुधबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै, काठमाडौंको टेकुस्थित फोहोरमैलाको पुलमुनि परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको बारबर्दिया नगरपालिका–१० स्थित तुलानाथ सामुदायिक वनमा हाल परिचय नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।