काठमाडौं । आईसीएफसी फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही पुस २९ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंकेटमा आफ्नो २० औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत फाइनान्सले आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण पारित गर्नेछ ।