काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक नेप्से १७ दशमलव २३ अंकले ओरालो लागेर दुई हजार ७० दशमलव ८४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २५ अंकले ओरालो लागेर तीन सय ८७ दशमलव शुन्य सात बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ७६ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ रुपैंयाँ ३७ पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष र निर्जीवन बीमा समुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।