काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही पुस २५ गते पोखरास्थित वाटर फ्रन्ट रिसोर्टमा आफ्नो १६औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही पुस १३ गतेदेखि पुस २५ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।