काठमाडौं, जेठ १२ हिमालयन जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड २५ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ४९ लाख चार हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब तीन करोड ७२ लाख रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १० रूपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय पाँच रूपैयाँ ३० पैसा रहेको छ ।