काठमाडौं । नेपाल एसबीआई बैंक र ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टर टीकापुर कैलालीबीच सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाईँ)बीच सम्पन्न भएको बैंकले जानकारी दिएको छ । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाईँ तथा बैकका कर्मचारीहरूको पनि उपस्थिति थियो ।