काठमाडौं । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रूपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ। बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट आधिकारीकरूपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरेसँगै कम्पनी सञ्चालनमा आएको छ ।
बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिकरूपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै सेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बीस करोड रहेको छ । कम्पनीले आफ्नो नामजस्तै सेवापनि सजिलोरूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याएसँगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन् ।