लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न लागेको सेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ । लोवर इर्खुवा हाइड्रोपावरले सर्वसाधारणलाई २८ लाख पाँच हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्न लागेको छ ।
कम्पनीको प्रतिसेयर एक सय रुपैयाँका दरले २८ करोड पाँच लाख ७५ हजार रुपैयाँ बराबरको सेयर ज्योति क्यापिटल बिक्री गर्ने भएको छ । मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा लोवर इर्खुवा हाइड्रोपावरका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।