काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश भूभागमा हुस्सु लाग्नुका साथै कोशी र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सन्जीव अधिकारीले बताएका छन् ।
यसैगरी काठमाडौँको शुक्रबार बिहानको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री रहेको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेन्डीग्रेडको बीचमा रहने अधिकारीलले बताए ।