काठमाडौं,काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यापक भ्रष्ट्रचार भएको हुनसक्ने आकलन गरिएको छ । केन्द्रमा पछिल्लो समय बेथिति,अनियमितता,सञ्चालन विधिबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन एवं अनुगमन समति गठन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो । गठित समितिमा काठमाडौं जिल्ला प्रहरी परिसरबाट एक जना,समितिमा काठमाडौँ जिल्ला प्रहरी परिसरबाट एक जना,गोकर्णेश्रर नगरपालिकाका तर्फबाट एक जना,नेपाल अपाङ्ग सङघ खगेन्द्र नवजीवन केन्द्रका तर्फबाट एक जना सदस्य रहेका छन् त्यसै गरि बेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका तर्फबाट एक जना,अपाङ्ग सङ्घ सङ्घर्षबाट एक जना र खगेन्द्र जनजीवन केन्द्रको आवासीय विद्यार्थीका तर्फबाट एक जना सदस्य रहेका छन् ।