नयाँ दिल्ली, जेठ १४
भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो दिन ६ हजार ९ सय ७७ जना संक्रमित भेटिएका थिए । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ४५ हजार ३ सय ८० पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १ सय ४६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार १ सय ६७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।