लन्डन, जेठ १४ बेलायतको सुपरकार निर्माता कम्पनी म्याकलारेनले १२ सय रोजगारी कटौती गर्ने भएको छ । म्याकलारेन फर्मुला १ कारको निर्माता सदस्य पनि हो । कम्पनीले कुलमध्ये झण्डै एक चौथाइ रोजगारी कटौती गर्नलागेको हो । उक्त कम्पनीले ४ हजार जनालाई रोजगारी प्रदान गर्दै आएको छ । रोजगारी कटौतीमध्ये धेरै बेलायतमा हुने बताइएकाो छ । कोरोना महामारीका कारण फर्मुला १ को बिक्रीमा ह्वात्तै गिरावट आएको छ । यो कार खासगरी कार रेसिङमा प्रयोग हुने गर्छ । वर्तमान संकटले कम्पनीलाई नराम्रो असर परेको जनाइएको छ । कम्पनीले अहिले खर्च कटौतीलाई जोड दिइरहेको छ । कार्यशक्ति घटाउनुको विकल्प नभएको कम्पनीका प्रमुख पल वाल्सले एक वक्तव्यमा जनाएका छन् । म्याकलारेनमात्र हैन, मर्सिडिज, फेरारी, रेडबुल जस्ता ठूला कार निर्माताले पनि कार्यशक्ति घटाउने कदम चालिसकेकका छन् ।