काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोशी प्रदेश अन्तर्गत ईलाम, झापा, मोरङ, सुनसरी र सप्तरीका गरि ५ जिल्लाका ११ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई AML/CFT & Quality Growth Training तालिम सञ्चालन गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथाQuality Growth का विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने पन्तले बताए । कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलिका रणनिती तथा कार्यक्रमको गुणस्तर बृद्धिका उपायहरुको विषयमा वित्तीय संस्थाका असुलि तथा अनुगमन विभागका विभागीय प्रमुख नयन देवकोटाले प्रशिक्षित गरेका थिए । मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरुलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए । कार्यक्रम सुनसरीको ईटहरीमा सम्पन्न भएको थियो ।