काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही फागुन तीन गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैङ्विटमा आफ्नो १८औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय ११ रुपैयाँमध्येबाट पाँच दशमलव ५० प्रतिशतका दरले हुन आउने आठ करोड दुई लाख ६० हजार एक सय ६९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही माघ २५ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।