काठमाडौं । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ करोड सात लाख १२ हजार एक सय ८१ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा छ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १४ करोड ४४ लाख ८३ हजार चार सय ९६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब २३ करोड ३८ लाख २६ हजार नौ सय तीन रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा छ अर्ब ३५ करोड १९ लाख ७४ हजार एक सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ३८ लाख ३२ हजार दुई सय ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको दुई दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर एक दशमलव ५१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ६५ करोड ६२ लाख १५ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गर्दा २३ करोड पाँच लाख ६७ हजार चार सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ४५ प्रतिशत रहेको थियो ।