बनेपा,नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता स्वर्गीय कमानसिंह लामाका भाइ र छोराहरुसहित ४५जना माओवादी जिल्लास्तरीय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कमानसिंह लामा तत्कालीन एकताकेन्द्र हुँदै माओवादीको नेता,सांसद र कोरियाको लागि राजदूत बनेका थिए ।
नव प्रवेशी नेता कार्यकर्ताहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री रेशम लामा, पुर्व सांसद तथा केन्द्रिय सदस्य नविना लामा, प्रदेश कमिटी सदस्यहरु चुडामणी गौतम, ठाकुर बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उपसचिव राजकुमार सापकोटा, पुर्व उप सचिव रिता ढकाल, सचिवालय सदस्य नारायण गौतम, विक्रम चौलागाई लगायतका विभिन्न तहका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।