नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराले बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जानकारी दिए ।
पाखुरामा गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए । गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर फेला परेको छ ।