काठमाडौं,त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुनतस्करी,मानव तस्करी लगायतका सबैको मिलेमतोमा संगठित रुपमा हुँदै आएको तस्करीको संगठित रुपमा हुँदै आएको तस्करीको पोल खुल्दै गएपछि एयरपोर्ट प्रहरी प्रमुख डीआइजी अर्जुन चन्द ठकुरीले घरायसी कारण बताएर राजीनामा दिएका छन् ।
र त्यसबारेमा थप केही नबोल्ने बताएका छन् । मिलेमतोको तस्करीका बारेमा केही नखोल्ने भए चुप लागेर बसेको भए हुन्थ्यो,त्यहाँबाट सरुवा हुन्थ्यो,जता हुन्थ्यो त्यहाँ लाइन खुलाए भइहाल्थ्यो । राजीनामा दिनु भनेको जेल जाम उम्कनु मात्र होइन,तस्करी प्रतिको असहमति पनि हो,विद्रोह पनि हो । तर उनको त विद्रोह होइम रहेछ । केही पनि नबोल्ने हो भने राजीनामाको के अर्थ ? बेकारको लुते पुलिस !