काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सोमबार भएको सातौँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।
कम्पनीले सेयरधनीलाई १६ प्रतिशत सोनस सेयर र शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा भएको सभाले नियमित एजेन्डाहरू सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आव २०७९/८० को सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडसहितको एकीकृत वित्तीय विवरणहरू पारित गरेको छ । यस्तै, लेखापरीक्षकको नियुक्ति, पुँजी वृद्धि गर्ने र प्रबन्धपत्रका सम्बद्ध दफाहरू संशोधन गर्ने विशेष प्रस्तावहरू समेत पारित गरेको छ ।
वार्षिक साधारणसभाबाट कम्पनीमा पहिलोपटक सर्वसाधारण सेयरधनीहरूको तर्फबाट डा भीष्म कार्की र दिवेश लोहनी सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ पूरा भएको छ ।