काठमाडौं,चौधरी गु्रपले हडपेको बाँसबारी छाला तथा जुत्ता कारखानामा रहेको सरकारी जग्गा धितो राखेर नेपाल बैंक लिमिटेडबाट अरुण चौधरीको गु्रपले ऋण लिएको खुलासा भएको छ ।

बाँसबारीको सरकारी जग्गा हडपेका चौधरीले सोही जग्गा धितो राखेर नेपाल बैंक लिमिटेडबाट लिएको करिब २९ करोड ऋण असुल्न बैंकले ताकेता शुरु गरेपछि उक्त कुरा खुलासा भएको हो ।