काठमाडौं,काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा भएको नेपाल र नामिबियाबीचको खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । झिनो लक्ष्य पाएको नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा आफ्नो लक्ष्य पुरा ग¥यो । नामिबियाका लागि जान फ्राइलिन्क ३४,जान निकोल लोफ़्टी-ईटन ३१,माइकल वैन लिंगन २३ निकोलास डेविन १५ र जे जे स्मिथले नटआउट १७ रन हान्दै जित दिलाउन सफल भए ।
नेपालका लागि सोमपाल कामी ३ विकेट ललित राजवंशी २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपाललले नामिबियालाई १३३ रनको झिनो लक्ष्य दिएको थियो ।खेलको पहिलो इनिङ्समा नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन,गुलशन झा २१,करन केसी १६,कुशल मल्ल १५,पवन सरापले १२ रन बनाउदाँ अरु कुनै पनि व्याटरले दोहोरो रन जोडन सकेनन् । नामिबियाका बलर गेर्हार्ड इरास्मले ५ विकेट,रुबेन ट्रम्पलम्यान २,ज्याक ब्रासेल २ र जन निकोल लोफ्टी इटनले १ विकेट लिए । यो नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिपक्षीय शृङ्खलाको पहिलो खेल हो।