नेपाल वायुसेवा निगमको खरिद प्रक्रियामा कति चलखेल र घोटाला हुदो रहेछ भन्ने कुरा यसपल्ट विमानमा प्रयोग हुने मदिराजन्य उत्पादनको अन्तराष्ट्रिय टेन्डरमा प्रमाणित भएको छ । यहि मिति पुस १७ गते यो बर्ष २०८० / २०८१ को लागि उडानमा वितरण हुने मदिराजन्य उत्पादन बियर र वाइनको लागि बोलपत्र आब्व्हन गरिएको थियो । उक्त बोलपत्रमा पाँच वटा फर्मले सहभागी भएको थियो । यो बोलपत्र आब्व्हन सार्बजनिक खरिद ऐन अन्तर्गत इ बिडिङमा निगमका खरिद बिभागका निर्देशक अनिल घिमिरेले स्वार्थपूर्ण हस्तक्षेप गरी बिगत देखि नै सप्लाई गर्दै विसाल ग्रुपको ग्लोवल trading कम्पनिलाइ दिन टेन्डरमा सहभागी चार फर्मलाइ नै गैरकानुनी ढंगबाट पन्छाएको छ ।
अर्को जिम्मेबारीमा सरुवा भैसकेका निर्देशक अनिल घिमिरेले आफु मातहतका कर्मचारीलाइ अनाबस्यक दबाब दिएर ग्लोबल त्रेदिंग कम्पनि बाहेकको फर्मलाई 1S1E को फारामलाई बीच मै थाहा नै नदिई 1S2E भएन भनेर अस्विकार गरि केवल बिशाल समुहको ग्लोबल त्रेदिंग कम्पनिलाइ मात्र छनौट गरिएको पत्र पठाएको बोलपत्रमा सम्मिलित कम्पनीहरुले जनाएको छ । निर्देशक अनिल घिमिरेले बिशाल समूहसंग मिलेर बिगत देखि नै एस्तो अनिमियतता गर्दै आएको तथा भएकोछ र भ्रष्ट चरित्र भएका निर्देशक घिमिरेलाइ यहि कारणले पनि ब्यबस्थापनले बोलपत्र खोल्नु अगाडी नै सरुवा गरेको बताइन्छ ।
तर सरुवा पछि पनि अनाबस्यक हस्तक्षेप गरेर फेरि यो बर्ष पनि बिशाल समूहलाइ दिने प्रपन्च गरिएको छ । प्रतिस्पर्धामा रहेका अन्य चार फर्मको मूल्य बिशाल समुहको भन्दा सस्तो हुने बुझेर नै निर्देशक घिमिरेले यस्तो घटिया हर्कत गरि निगमलाइ आर्थिक घाटा गरेर बिशाल समूहलाइ पोस्ने काम गरेको छ । यसबाट निगमको उडानमा प्रयोग हुने खाध्य पदार्थ , पेय पदार्थ , मदिराजन्य पदार्थ एबम अन्य समानहरुको मूल्य बडी र कमसल गुणस्तरको हुने गरेको सुत्रले बताएको छ र नेपाल बयुएव निगमको उडानमा वितरण हुने खाना, पेय तथा अन्य उत्पादनको गुणस्तरको पहिले उच्च प्रसंशा हुने गर्थ्यो ।
निर्देशक घिमिरेले खरिदमा गर्दै आएको भ्रष्टाचार र अनिमियतताले निगमको शाख समेत नराम्रो असर पुगेको निगमका कर्मचारीहरु बताउदछन र झन् अहिले आफु सरुवा भै सकेपछि पनि आफु मातहतका कर्मचारीहरुलाई प्रभावमा परि टेन्डर प्रक्रियामा एक्लो बिशाल समुहले मात्र सप्लाई गर्न सक्ने गरि चलखेल हुनुलाई निर्देशक घिमिरेको भ्रष्ट आचरणको खुल्ला प्रदर्शनको रुपमा बुझिएकोछ र उक्त टेन्डरमा सहभागी फर्महरु एस पी जी त्रेस्दिंग प्रा.लि , ग्लोबल त्रेदिंग कन्सर्न प्रा।लि , इ जी सप्लाइर्स प्रा.लि , एस बि एल प्रोफेसनल प्रा लि मध्य र शान्ति लिकर बिजनेस त्रेद्लिंक मध्य ग्लोबल त्रेदिंग कन्सर्नले बिदेशी उत्पादनलाइ प्रबर्दन गर्न यो चलखेल गरिएको बुझिएको छ ।
जब कि अन्य फर्मले स्वदेशी उत्पादन बियर र वाइन सप्लाई गर्न कम मुल्यमा अन्तराष्ट्रिय स्तरको उत्पादनको उपयोगको लागि जोड दिएको बुझिएको छ । तर निर्देशक घिमिरेको चलखेलले निगमलाइ आर्थिक रुपमा घाटा पुर्याउने र नेपाली अन्तराष्ट्रिय उत्पादनको उपयोगमा समेत असर पर्ने भएको छ । एस्तो अनिमियतता र भ्रष्टाचारको बिरोधमा अख्तियारको समेत धोका धक्धाउने अन्य फर्मका प्रतिनिधिहरु बताउदछन ।