काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबारको प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।

संसद् सचिवालयले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम हुने गरी निर्धारण गरेको जानकारी गराएको छ ।