काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो भेटमा राष्ट्रपतिको सचिवालयले समसामयिक विषयमा छलफल भएको जनाएको छ । अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।