काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं १५ मा स्वयम्भु शाखा र काठमाडौं महानगरपालिका वडा नं १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बिहीबार एक कार्यक्रमका बीच दुवै नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले गत महिना काठमाडौंमा अनामनगर र शंखमूल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखाहरू सञ्चालनमा ल्याएकोे थियो । बैंकले हाल देशभरिमा दुई सय ६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ६२ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।