काठमाडौं, जेठ २०
कर्णाली डेभलमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३८ लाख ४९ हजार सात सय ५६ रूपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकले ६६ लाख ५९ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ६५ करोड २२ लाख ६६ हजार तीन सय ४९ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५४ करोड ४० लाख सात हजार ९४ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार करोड ३३ लाख १९ हजार तीन सय ४६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । गत आवको सोही अवधिमा भने बैंकले तीन अर्ब ३७ करोड २७ लाख ११ हजार दुई सय ७५ रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब १५ करोड ९९ लाख ७५ हजार सात सय ७२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५६ लाख ५९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।