काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले बीमासम्बन्धी जनचेतना विस्तार गरेको छ । कम्पनीका अनुसार यही फागुन १४ गतेदेखि फागुन १६ गतेसम्म गाईघाट शाखाका कर्मचारीहरू नन्दनकुमार चौधरी र चन्दन मल्ल ठकुरीको उपस्थितिमा कृषि बीमाको निम्ति तोकिएको जिल्ला खोटाङ बराह पोखरी गाउँपालिका बाघखोर भञ्याङ गाउँपालिका बीमासम्बन्धी जनचेतना विस्तार गरिएको हो ।
कम्पनीका अनुसार गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराको अध्यक्षता तथा प्रमुख अतिथि, विशेष अतिथि उपाध्यक्ष भुवलराज राई, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी, अतिथिहरू वडा नंं १ का वडाध्यक्ष ढकबहादुर कार्की, वडा नं. २ का वडाध्यक्ष पदमबहादुर मगर, वडा नं.३ का वडाध्यक्ष ताराकुमार राई, वडा नंं.४ का वडाध्यक्ष सन्तोष आर्चाय, वडा नं.५ का वडाध्यक्ष फौदराज राईका साथै वडा नं.६ का वडाध्यक्ष दुर्गाबहादुर राई, गाउँपालिका पशु शाखा प्रमुख आशीष बन्जरालगायत गाउँपालिका कृषि शाखाका प्रमुख स्कन्द घिमिरे तथा अन्य पशु कृषि प्राविधिक वडासदस्यहरू कृषक, कृषि फर्म सञ्चालक सोही गाउँका कृषक व्यवसायी तथा अन्य व्यक्तित्वहरू जनप्रतिनिधिको उपस्थितिमा बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।