आगामी बैशाख १५ गते वैखाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङले निवेदन दिएका छन् । पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् ।